पोखरामा आइटिएफ अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता शुरु

पाेखरा | मंसिर १२, २०७९

पोखरामा आइटिएफ अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता शुरु

पोखरा:   पोखरामा सोमबारदेखि अन्तर्राष्ट्रिय आइटिएफ जुनियर–५ टेनिस प्रतियोगिता शुरु भएको छ । 


नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा शुरु उक्त प्रतियोगिताको खेलकुद परिषद् गण्डकीका सदस्य सचिव घनश्याम पौडेलले प्रतियोगिता निर्देशक अजय विष्टलाई खेल सामग्री हस्तान्तरण गर्दै उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै सदस्य सचिव पौडेलले पोखरामा टेनिस खेलले छोटो समयमै ठूलो उपलब्धी हाँसिल गरेको बताए । टेनिस संघका पदाधिकारी तथा खेलाडीहरुको उत्साहलेनै यस्तो सम्भवन भएको पौडेलको भनाई थियो । खेल विकासका लागि भौतिक पूर्वाधार महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै प्रदेश सरकारले यसका लागि प्रयाप्त बजेट विनियोजन गर्नुपर्नेमा पौडेलले जोड दिए ।


समारोहमा बोल्दै कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँले पोखराले टेनिसमा खेल आयोजनासंगै उत्कृष्ट खेलाडीहरु समेत उत्पादन गरेको भन्दै खुसि व्यक्त गरे । नेपाल टेनिस संघका केन्द्रिय उपाध्यक्ष विनोद कायस्थले पोखरामा टेनिस विकासका लागि धेरै वर्ष पहिला आफुले देखेको सपना साकार हुँदै आएको उल्लेख गरे ।


आयोजक संघ कास्कीका अध्यक्षले प्रतियोगिता अन्तर्गत सर्किट १ खेल्न विभिन्न ९ राष्ट्रका ९८ खेलाडी पोखरा आएको जानकारी दिए । प्रतियोगिताकै दोश्रो सर्किटमा पनि झण्डै यतिनै खेलाडीको सहभागिता रहने अपेक्षा प्रकट गर्दै टेनिसले पोखराको खेल पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिंका निर्वाह गरेको जनाए । यस्ता प्रतियोगिताहरुको प्रवद्र्धनमा महानगर तथा प्रदेश सरकारले पनि ध्यान दिनुपर्ने गुरुङ्गको भनाई थियो । संघका उपाध्यक्ष नविन चालिसेले कार्यक्रम सञ्चालन गरेका थिए । दुई साता सम्म चल्ने प्रतियोगितामा १३ देखि १८ वर्ष सम्मका महिला तथा पुरुषका एकल र डबल्स इभेण्टमा प्रतिस्पर्धा हुनेछ ।


यसैविच प्रतियोगिताको उद्घाटन खेलमा भारतका बंश नन्दालले नेपालका सक्षम विक्रम शाहलाई ६–१,६–२ को सोझो सेटमा पराजित गरे । अर्को खेलमा नेपालका राजबिर प्रधानले भारतका विभु चलाङगुन्डलालाई ७–५ र ६–१ को सेटमा पराजित गरे । पहिलो दिनका अन्य खेलहरुमा भारतका सिद्धान्त सर्माले कोरियाका जिवान पार्कलाई, रसियाका फेडोर सोसेड्कीनले भारतका देवर्शी सेनलाई, नेपालका आर्यन गिरीले भारतका धनुष बर्मालाई, भारतका श्रीनिधि बालाजीले अमेरिकाका समिक्षा अनिमलाई, नेपालका रायन शाहले भारतका दिभिजा मनेनीलाई, श्रीलंकाका भिष्मी ओनेथ्रा शेरासिंगेले भारतका ऋदेशी पाइलाई पराजित गरेका छन् ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्